स्याङजामा पहिरोमा परेर तीन जनाको ज्यान गयो

IMG-20240707-WA0006
बिराटनगर: स्याङ्जामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। हिजो शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो। ७१ वर्षीय माधव शर्मा, उनकी श्रीमती ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, छिमेकी ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए। खाना खाने समयमा एक्कासी पहिरो खस्दा पुरिएर मृत्यु भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

About Author

Advertisement