विराटनगर: मोरङ र सुनसरी जिल्लाको अलग अलग स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान ११ मा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ११ का २२ वर्षीय सागर विश्वकर्मा र धरान ४ का २० वर्षीय युनिका श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट नियन्त्रित औषधी स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर १५ बाट विराटनगर ६ का १९ वर्षीय रामु विश्वकर्मा र उर्लाबारीका १९ वर्षीय भीम कट्टेललाई एभिल डाईजेपाम्प, लुपिजेसिक, फेनारगन ८ एम्पुल र नाईट्रभेट ३० ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो। लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










