स्प्रिङडेल एकाडेमी स्कूल सिविटारमा २१२औं भानु जयन्ती सम्पन्न

IMG-20260713-WA0099

तीनधारे: नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा स्प्रिङडेल एकेडेमी स्कूल, सिविटारमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ विशिष्ट अतिथिहरू क्रमैले पूर्व प्रधान अध्यापक एंव पूर्व पञ्चायत प्रधान जुध्द शमशेर छेत्री, पूर्व प्रधान अध्यापक एंव साहित्यकार कुबीर प्रधान र युवा साहित्यकार एवं पत्रकार हनोक थापा तथा विद्यालयका प्राचार्य‌ शरणकुमार राईद्वारा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प अर्पण गरी गरिएको थियो। त्यसपछि नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरी कार्यक्रमलाई उल्लासमय बनाएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका रति सुब्बाले राखेकी थिइन्। त्यसपछि कक्षा ४ का विद्यार्थी रिदम राईले निर्देशक शिक्षक प्रणाम प्रधानको मार्गदर्शनमा आदिकवि भानुभक्त आचार्यको जीवनी वाचन गरेका थिए। कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा एकसम्मका विद्यार्थीहरूले निर्देशक शिक्षिका सोनिया राई र प्रतिशा देवनको निर्देशनमा सामूहिक बालगीत प्रस्तुत गरेका थिए। त्यसैगरी, के.जी.का छात्राहरूले शिक्षिका प्रतिशा देवानको निर्देशनमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले शिक्षक प्रणाम प्रधान र शिक्षिका रति सुब्बाको निर्देशनमा कविता वाचन प्रस्तुत गरेका थिए भने के.जी.का छात्रहरूले पनि शिक्षिका प्रतिशा देवनको निर्देशनमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षणका रूपमा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका विद्यालयका पूर्व विद्यार्थीहरूलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। यसै क्रममा कक्षा २ देखि ४ सम्मका छात्राहरूले शिक्षिका प्रतिशा देवन र रति सुब्बाको निर्देशनमा नेपाली लोक संस्कृतिलाई झल्काउने मनमोहक मारुनी नृत्य प्रस्तुत गरेका थिए। साथै, आदिकवि भानुभक्त आचार्यको प्रसिद्ध कृतिमा आधारित ‘भानुभक्त र घाँसी’ नाटक विद्यार्थी रिदम राई र योइल तामाङले शिक्षिका रति सुब्बाको निर्देशनमा प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कुबीर प्रधानले विद्यार्थीहरूलाई प्रेरणादायी विचार व्यक्त गर्दै भानुभक्त आचार्यको योगदानको चर्चा गरेर सबैमा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक-शिक्षिका, विद्यार्थी तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षिकाहरू प्रतिशा देवन, रति सुब्बा तथा सोनिया राईले संयुक्त रूपमा गरेका थिए। विविध साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिहरूले भरिपूर्ण उक्त कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य, संस्कृति र आदिकवि भानुभक्त आचार्यप्रतिको सम्मान तथा प्रेरणालाई अझ सुदृढ बनाएको विद्यालयले जनाएको छ।

About Author

Advertisement