स्पेनिश ला लीगाः गिरोना र एट्लेटिको म्याड्रिड विजयी

IMG-20240129-WA0086.jpg

म्याड्रिड, २९ जनवरीः स्पेनिश ला लीगा फूटबलमा गिरोनाले रियल म्याड्रिडलाई पछि छोड़ेर फेरि शीर्ष स्थान हासिल गऱ्यो। यसरी एट्लेटिको म्याड्रिड पनि जीत हासिल गरी तेस्रो स्थानमा पुग्यो। आइतवार राति खेलिएको म्याचमा गिरोनाले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने गिरोनाबाट एकमात्र गोल पोर्टुले २०औं मिनटमा छिराए। यस जीतपछि गिरोना २२ वटा म्याचमा ५५ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा पुग्यो। गिरोनाभन्दा एउटा म्याच कम्ती खेलेर दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग ५४ पोइण्ट्स रहेको छ। यसरी एट्लेटिको म्याड्रिडले भेलेन्सियालाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट सामुएल लिनोले मध्यान्तरको ठिक अघि अनि मेम्फिस डिपायले ५७औं मिनटमा गोल गरे। अहिले एट्लेटिको म्याड्रिड र बार्सिलोनासँग २१-२१ वटा म्याचपछि ४४-४४ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा रहन पुग्यो। भेलेन्सिया ३२ पोइण्ट्सको साथ आठौं स्थानमा छ। काडिज र एथलेटिक क्लबबीच खेलिएको म्याच गोलरहित (०-०) ड्र-मा समाप्त भयो।

About Author

Advertisement