कोचबिहार। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दुई दिने कोचबिहार भ्रमणमा छिन्। उनी हिजो साँझ कोचबिहार आइन्। आज उनी कोचबिहारको रास मेला मैदानमा हुने सरकारी कार्यक्रममा सहभागी हुनेछिन्। रास मेला मैदानमा हुने उक्त बैठकबाट विभिन्न सरकारी योजनाका लाभार्थीहरुलाई विभिन्न सेवा प्रदान गर्नेछिन्। मुख्यमन्त्रीले कोचबिहारको बाबुरहाट क्षेत्रमा मूर्तिको अनावरण सहित धेरै परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीले राजवंशी भाषा विद्यालय र दुई कामतापुरी भाषा विद्यालयको उद्घाटन पनि गर्ने कार्यक्रम रहेको छ। उनले ७७९ शिक्षकलाई नियुक्ति पत्र समेत हस्तान्तरण गर्नेछिन्।









