बंगाल प्रदेश अध्यक्षहरूले कंग्रेसको झण्डा देखाएर गराए प्रस्थान
उत्तर दिनाजपुर। कंग्रेस नेता राहुल गान्धीको भारत जोडो न्याय यात्रा किशनगञ्जमा प्रवेश गरेको छ। राहुल गान्धी पश्चिम बंगालको पञ्जीपाडा बलुचको हुँदै बिहार राज्यको किशनगञ्जमा प्रवेश गरेका थिए। भारत जोडो न्याय यात्रालाई फरिङ्गगोलामा दुवै प्रदेशका प्रदेश अध्यक्षको उपस्थितिमा कंग्रेसको झण्डा देखाएर शुभारम्भ गरिएको थियो।

प्राप्त जानकारीका अनुसार राहुलको भ्रमणले सीमाञ्चलका चार लोकसभा सीटहरू कभर गर्नेछ जसमा किशनगञ्ज, पूर्णिया, अररिया र कटिहार समावेश छन्। पूर्णियाको रंगभूमि मैदानमा राहुल गान्धीको ठूलो र्याली सम्पन्न हुने बताइएको छ।










