सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः जर्जियन फूटबल क्लब सेमिफाइनलमा

IMG_20220809_220930.jpg

९ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा मंगलवार भएको म्याचमा कालेबुङको जर्जियन फूटबल क्लबले जीतको साथ सेमिफाइनलमा स्थान बनायो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा जर्जियन फूटबल क्लबले आयोजक सिंगलिंग स्पोर्टिंग क्लब (सोरेंग)-लाई २-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट प्लेयर अव् द म्याच रहने विजय भुजेल र गणेश लिम्बुले गोल गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement