कालचिनी: सन्थालीहरुलाई केवल आश्वासन नदिएर अविलम्ब सन्थाली माध्यममको स्कूल स्थापना गरिनु पर्ने दाबीलाई अघि सार्दै मङ्गलबार माझी परगाना वेलफेयर सोसाइटीको आयोजनामा अलिपुरद्वार सलसलाबारीमा विश्व आदिवासी दिवस पालन गरिएको जानकारी माझी परगाना वेलफेयर सोसाइटीको अलिपुरद्वार जिल्ला सहसचिव गोबिन्दा मराण्डीले दिएका छन्। उक्त अवसरमा माझी परगाना वेलफेयर सोसाइटीको केन्द्रीय अध्यक्ष खुदीराम मुर्मूलगायत अलिपुरद्वार जिल्ला सभापति रवि मुर्मू एवम् अन्यान्य सन्थाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। विश्व आदिवासी दिवस आदिवासी एकजुट हुने दिन र यसै मार्फत सरकार समक्ष तत्कालै अलचीकी भाषामा पठनपाठन शुरु गराइनु पर्ने दाबी राखिएको र आदिवासी विकास बोर्ड र आदिवासी विकास मन्त्रीबाट पनि आजसम्म कुनै पहल यसबारेमा नहुँदा माझी परगाना वेलफेयर सोसाइटी दुख व्यक्त गर्दछ भन्दै यदि राज्यद्वारा मान्यताप्राप्त सन्थाली भाषामा पठन पाठन शुरु नगरिए वृहत्तर आन्दोलनमा माझी परगाना वेलफेयर सोसाइटी ओर्लिने सोसाइटीको नेताहरुले जनाएका छन्।










