सोनादा: अखिल भारतीय अनुसूचित जाति संघ सोनादा शाखाको तत्वावधानमा सोनादा न्यू लाइट सार्वजनिक भवनमा १३६ओैं डा. भीमराव अम्बेडकर जन्मजयन्ती समारोह कार्यक्रम प्रेम सुनामको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेश खातीको उपस्थिति रहेको थियोे भने मुख्य अतिथिको रूपमा सोनादा पचेङ समष्टिको सभासद अनोश थापाको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिको रूपा सोनादा लोवर ग्राम पञ्चायत उप-प्रधान थिलेन लामा, पूर्व लोवर ग्राम पञ्चाय प्रधान गोपीलाल शंकर, वार्ड नम्बर एकका पञ्चाय सदस्या निता शंकर, लोवर ग्राम पञ्चाय समिति सदस्य सुमन बम्जन, सोनादा पचेङ भागोप्रमो युवा अध्यक्ष माइकल गुरूङ, सोनादा गोर्खा संस्कृति संरक्षण समितिका सुर्य श्रेष्ठ अनि जहेन्द्र जेनियमको उपस्थिति रहेको थियोे उक्त कार्यक्रममा विशिष्ट अतिथि लगायत मुख्य अतिथिलाई अभिनन्दन पत्र प्रदान गरियो साथै उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको थियोे। उक्त सांस्कृतिक कार्यक्रममा भाग लिने कलाकारहरूलाई मायाको चिनो प्रदान गरियो। उक्त कार्यक्रमलाई प्रभात रसाइलीले सञ्चालन गरेका थिए।









