सोनादा: दार्जीलिङ जिल्ला पुलिस अधीक्षकको विशेष पहल तथा निर्देशनमा सोनादा वरिपरिका विभिन्न क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले ब्यारिकेड पहल सुरु गरिएको छ। नागरिकहरूको सडक सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सोनादा ट्राफिक गार्डद्वारा सोनादाको विभिन्न संवेदनशील तथा ट्राफिक समस्या देखिने क्षेत्रमा ब्यारिकेड राख्ने कार्य थालेको छ। यस पहल अन्तर्गत गाडीको आवागमनलाई व्यवस्थित बनाउनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण र पैदलयात्री तथा आम नागरिक, विद्यार्थीहरुको सुरक्षालाई ध्यान दिइएको सोनादा ट्राफिक पुलिसका ओसी सबिएीन दर्नालले जनाएका छन्। यसभन्दा अगाडी पनि सडक सुरक्षासँग सम्बन्धित समस्यालाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा थप सहजता ल्याउने ट्राफिक सचेतनाको लागि दार्जीलिङका पुलिस अधीक्षकको निर्देशनमा सोनादामा सचेतना फ्लेक्स र जेब्रा क्रसिङ निर्माण गरिएको छ





