खरसाङ: खरसाङको कटलेरी क्षेत्रमा आगलागीमा परेर एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य तीनवटा घरहरु पनि आगोको चपेटमा आएको जानकारी प्राप्त भएको छ।आईतवार रातिको समयमा अचानक आगो लागेर एउटा घर पूर्ण रुपमा खरानी बनेको छ भने अन्य तीनवटा घरहरु आगोको चपेटमा आएको जानकारी प्राप्त भएको छ। आगलागीको घटनामा खरसाङ अग्नि शमन केन्द्रको गाडी पुगेर निभाउने प्रयास गरे पनि रोडदेखि केही टाडा भएकोले स्थानीयहरुको सहयोगमा आगोलाई रातिको समयमा निभाउन सफल भएको जानकारी प्राप्त भएको छ। यस आगलागीमा चारवटा घरहरु आगोको चपेटमा आएको छ भने कुनै मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ३ को कटलेरीमा दुईवटा घर हिजो आईतवार रातिको समयमा आगो लागेर सम्पूर्ण घर नै नष्ट भएको ठाउँमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले निरीक्षण गरेका छन्। आगलागीको घटना विषयमा आज खरसाङ नगरपालिका पुगेर नगरपालिकाको कार्यकारी अफिसर एवं एसएई सञ्जय थापालाई जानकारी गराई नगरपालिकाबाट पाउने सहुलियत पाउन सकुन भन्ने उद्देश्य लिएर उनलाई लिएर निरीक्षरण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन युवा शक्तिका सदस्यहरू साथै खरसाङ नगरपालिकाको भूपू उपाध्यक्ष सुवास प्रधान, २८ नम्बर समष्टीका भूपू सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। आईतवार रातिको समयमा भएको आगलागीमा स्थानीय माइकल थामीको घर पूर्णरुपमा जलेर खरानी भएको छ। त्यसरी नै बाबुल थामी र रिता लामाको घर पनि आगोको चपेटमा आएको छ।

उक्त अग्नि पिढीत परिवारहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले भेटघाट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युवा शक्तिको तर्फबाट सागर थापाले जानकारी गराएका छन्। उनले यस अग्नि पिढीत परिवारहरुलाई प्रशासनले सहयोग गरिदिएको होस् भनी निवेदन गर्दै खरसाङ महकुमा शासकले पनि अग्नि पिढीतहरुलाई आएर हेरिदिने निवेदन गरेका छन्।





