सुन्तले झण्डी पर्यटन स्थलमा दुर्गा पुजाको आयोजना

IMG_20221002_233834.jpg

गोरुनथान::गोरुबथान निमं ग्राम पंन्चायत अन्तर्गत सुन्ताले झण्डीमा पनि यसवर्ष दुर्गाष्टमी पुजाको आयोजना गरियो।विशेष गरेर कोलकता निवासी शुभम पोतेलले यस पुजाको आयोजना गरेका थिए भने सुन्तले निवासी हिरण छेत्री, पासङ शेर्पा तथा गाउँलेहरुको ठुलो योगदान रहेको छ।यसरी दुर्गा पुजाको आयोजना गरिनुको मुख्य कारण पर्यटकहरुलाई आकर्षित गराउनु, बिश्व शान्ति तथा सबैमा सुख शान्ति र समृद्धिको निम्ति रहेको बताएका छन्। आगमी ५ अक्टोबरको गुरुवारको दिन पुजा समापन गरिने जानकारी आयोजकले बताएका छन्।

About Author

Advertisement