गोरुबथान: पान डाडा आहले बस्तीको गोर्खा नव ज्योति संघले यस वर्ष भव्य रुपमा दुर्गा पूजा मनाइ रहेका छन्। पर्यावरण सन्तुलन र संरक्षण,सेफ ड्राइभ सेभ लाइफ, से नो टु ड्रग्स आदिको नारालाई आत्मसात गरेर यस वर्षदेखि यस संघले दुर्गा पूजाको आयोजन गरेको छ।संघका सदस्यगण गाउँलेहरुको सहयोगमा यस वर्षको पुजा आयोजना गरिरहेको सदस्यहरुले यसरी पुजा गरेर गाउँमा सबैलाई सुख शान्ति र समृद्धिको वृद्धि होस भन्ने रहेको छ।आजदेखि शुरु गरिएको पुजा नवमीको दिनसम्म रहेर दशमीको दिन बिहान मूर्ति विसर्जन गरिने पनि बताएका छन्।










