सुनसरीमा मोटरसाइकलसहित २५ किलो गाँजा बरामद

IMG-20240716-WA0009

झापा: सुनसरीको दुहबी नगरपालिका १२ गेलाबारीबाट मोटरसाइकलसहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ। इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०५३ प ८९६१ नम्बरको बेबारिसे मोटरसाइकल पछाडि बोरामा लोड गरिएको २५ किलो २४५ ग्राम गाँजा फेला पारेको थियो। मोटरसाइकल चालक तत्काल फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

About Author

Advertisement