झापा: कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पन्न बैठकले केचना,कञ्चनजङ्गा पर्यटन विकास समिति गठन आदेश २०२४, पाथिभरा विकास क्षेत्र समिति गठन आदेश २०२४, खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यविधि २०२४, हलेसी महादेवस्थान विकास समिति गठन आदेश २०२४ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि २०८१ स्वीकृत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।









