सुखे पोखरी खण्डमा नामांकन पत्र फिर्ता लिने अन्तिम दिन केही झण अशान्ति

IMG-20230620-WA0309.jpg

दार्जिलिङ: पञ्चायत चुनावको लागि नामांकन पत्र भरेका प्रार्थीहरूले आफ्नो नामांकन पत्र फिर्ता लिने अन्तिम दिन रहेको थियो। यस अवसरमा दार्जिलिङको सुखे पोखरी खण्ड विकास कार्यालयमा सबै राजनैतिक पार्टीहरूका प्रार्थीहरू र निर्दलीय प्रार्थीहरू उपस्थित रहेका थिए। सुखे पोखरी खण्ड विकास कार्यालयमा आज ४ बजेतिर निक्कै झमेला देखियो। सुखे खण्ड विकास कार्यालयमा निर्दलीय प्रार्थीहरू लगायत गठबन्धन दलका प्रतिनिधिहरूले एक्कासी नाराबाजी शुरु गरेका थिए। विपक्षी दलहरूले आरोप लगाए अनुसार पहाड़को सत्तामा रहेको भागोप्रमोको नेतृत्वहरूलाई मात्र भित्रपट्टि पस्नु दिएको आरोप लगाएका छन्। त्यसै कारणले विपक्षी पार्टीहरू र विपक्षी राजनैतिक दलहरूका प्रतिनिधिहरूले नाराबाजी गर्दै भित्रपट्टि जानु दिनुपर्छ भनी मांग गरेका थिए।

उनीहरुले भित्रपट्टि पसेकाहरू सबैलाई बाहिर निकाल्ने मांग पनि गरेका थिए। यस स्थिति विषयमा गठबन्धन दलको पक्षबाट चुनाव लड़िरहेका गोजमुमोका प्रार्थी सबिता लेप्चाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बताए अनुसार सबै राजनैतिक पार्टीहरूको प्रार्थीहरू बाहिर फर्खिरहेका थिए तर कतिवटा पार्टीका पदाधिकारीहरू भने भित्रपट्टि पसेका थिए र नै बाहिर बसिरहेकाहरूले विरोध जनाएको हो।

About Author

Advertisement