सीएसके-विरुद्ध गुजरात टाइटन्स ८ विकेटले विजयी

IMG-20260426-WA0083

चेन्नई: गुजरात टाइटन्सले आईपीएल २०२६-को ३७औं म्याचमा चेन्नई सुपर किंग्स (सीएसके) लाई सजिलै ८ विकेटले पराजित गऱ्यो। यस जीतपछि गुजरात टाइटन्स ८ वटा म्याचमा ८ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको पाँचौं स्थानमा पुग्यो जबकि छैटौं स्थानमा रहने सीएसके-सँग ६ पोइण्ट्स रहेको छ। एमए चिदाम्बरम स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै ५ पल्टको च्याम्पियन सीएसके-ले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो। त्यसपछि गुजरात टाइटन्सले २० बल बाँकी रहँदै २ विकेटमा १६२ रन बनाएर म्याच जित्यो। लक्ष्यलाई पीछा गर्दै गुजरातको टीमलाई साई सुदर्शन र शुभमन गिलको ओपनिंग जोड़ीले ठोस शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ३८ बलमा ५८ रनको पार्टनरशीप गरे। कप्तान गिल ३ वटा छक्का र एउटा चौकाको साथ २३ बलमा ३३ रन बनाएर आउट भए। पहिलो विकेटको पतनपछि सुदर्शनले अनुभवी जोस बटलरसँग दोस्रो विकेटको निम्ति ९७ रनको पार्टनरशीप गरी टीमको जीत सुनिश्चित गरे। सुदर्शन ८७ रन बनाएर आउट भए। उनले ४६ बल खेलेर ७ वटा छक्का र ४ वटा चौका लगाए। बटलरले ३० बलमा ४ वटा चौका र एउटा छक्काको सहायताले अविजित ३९ रन बनाए। यसअघि पहिला ब्याटिंग गर्दै सीएसके को निम्ति कप्तान रुतुराजलाई छोड़ेर अन्य सबैले निराश गरे। केवल ३७ रनमा ४ विकेट गुमाएपछि टीमले शीर उठाउन सकेन। रुतुराजले अविजित ७४ रन बनाएर टीमलाई उकासे। उनले ६० बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। सञ्जु सेमसन ११, उर्विल पटेल ४ र डेवाल्ड ब्रेविस २ रन बनाएर आउट भए जबकि सरफराज खानले खाता पनि खोलेनन्। यसबाहेक शिवम दुबेले ३ वटा चौका र एउटा छक्काको साथ १७ बलमा २२ रन बनाए। जेमी ओवरटनले १८ र कार्तिक शर्माले १५ रनको योगदान दिए। गुजरात टाइटन्सका बलरहरूमा प्लेयर अव् द म्याच रहने कगिसो रबाडाले ३ विकेट लिए।

About Author

Advertisement