ठूलो गाडीहरु कुदाउन जोखिमपूर्ण
खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटारको रोडमा पैह्रो गएको छ। सिविटसर चियाबारीको गुम्बाडाँडा गाउँको नेटवर्क डाँडा नजिकमा रहेको रोडमा बिहीबार पैह्रो गएको छ। उक्त पैह्रोले रोडको केही भाग लगेको छ भने सानो गाडीहरु र दुई चक्के वाहनहरु बाइक स्कुटीहरु पनि कुदिरहेको छ। तर ठूला गाडीहरु कुदाउन भने जोखिमपूर्ण बनेको छ। यो रोडमा पैह्रो गएपछि पैह्रो मरमति गर्न आवश्यक देखिएको छ। वर्तमान समयमा पानी परिरहेको कारणले यो रोड झट्टै मर्मत नगरे अझैं पैह्रो जान सक्ने सम्भावना देखिएको छ। त्यसैले पैह्रो मरमत्ति गर्न आवश्यक देखिएको छ। यो रोडमा पैह्रो गएपछि स्थानीयहरुको सहयोगमा पञ्चायत सदस्य राजीव तामाङको पहलमा पोलिथिन लगाउने कार्य सम्पन्न भएको छ।

यो रोडले सिविटार, गिताङ्गे, सिमरिङ, शिवखोला, मालुटार क्षेत्रलाई महानदी अनि खरसाङसित जोड्छ। तर यस रोडमा ठूलो पैह्रो गएमा यी ठाउँहरूलाई धेरै असुविधा हुने गर्दछ। त्यसैले यस पैह्रोलाई झट्टै मर्मत गरिए सबैलाई सुविधा हुने स्थानीयहरुले बताएका छन्। यसको साथै यही सिविटारको रोड भएर शिवखोला हुँदै नरबुङ, सिपाहीधुरा भएर रङटङ भएर सिलगढी पनि पुग्न सकिन्छ। यही रोड भएर दैनिक पर्यटकहरु पनि ओहोर दोहोर गर्ने गरेका छन्। त्यसैले पनि यस रोडको मरमत्ति झट्टै गर्न आवश्यक देखिएको छ।









