खरसाङ: यसपालीको आईएसई परीक्षामा घैयाबारीको 14 माइल निवासी निर्भय प्रधानले उत्कृष्ट ९५.७५ प्रतिशत अंकसहित उत्तीर्ण गरेका छन्। घैयाबारीको १४ माइल निवासी पिता निलम प्रधान र माता कुसुम प्रधानकी सुपुत्र निर्भय प्रधानले खरसाङको एक निजी स्कूलबाट यसपालीको आईएसई परीक्षा दिएका थिए जसमा उनले उत्कृष्ट अंक ल्याएर आफ्नो परिवार, गाउँ ठाउँ र स्कूललाई नै गौरवान्वित बनाएका छन्। निर्भय प्रधानले आईएसई परीक्षामा अंग्रेजी विषयमा ९३, नेपालीमा ९५, इतिहासमा ८१, राजनीति विज्ञानमा ९७, भूगोलमा ९० र सोसियोलोजीमा ९८ अंक ल्याएका छन्। छोरा निर्भय प्रधानले आईएसई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरेकोमा पिता निलम प्रधानले खुशी व्यक्त गर्दै छोराको मेहनत र पढाईको असल परिणाम प्राप्त भएको बताएका छन्। उनले छोराको सफलतामा शिक्षक शिक्षिकाहरुलाई धेरै धन्यवाद दिएका छन्।










