सिलगढी: बहुप्रतीक्षित बर्द्धमान रोड फ्लाइओभर जुलाई २७ उद्घाटन हुने

Screenshot_20260721_231747_Instagram

सिलगढी: पश्चिम बंगालको प्रमुख व्यापारिक शहर सिलगढीवासीले लामो समयदेखि पर्खिरहेको बर्द्धमान रोडस्थित फ्लाइओभर आगामी साउन ११ गते (जुलाई २७, २०२६) देखि सञ्चालनमा आउने सम्भावना बढेको छ। फ्लाइओभर निर्माण सम्पन्न भएसँगै लामो समयदेखि सवारी जामको सास्ती भोग्दै आएका स्थानीय तथा यात्रुहरूले ठुलो राहत पाउने अपेक्षा गरिएको छ।
​स्रोतका अनुसार उक्त फ्लाइओभरको उद्घाटन पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गर्ने तयारी भइरहेको छ।
कार्यक्रममा सिलगढीका विधायक तथा राज्यका पर्यटन मन्त्री शंकर घोषको पनि उपस्थिति रहने सम्भावना छ।
​विशेषगरी एअरभ्यु मोड र बर्द्धमान रोड क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारण तथा स्थानीय व्यापारीहरू सवारी साधनको अत्यधिक चापका कारण निरन्तर ट्राफिक जामको समस्याबाट ग्रसित हुँदै आएका थिए।
यो फ्लाइओभर सञ्चालनमा आएपछि सिलगढीको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने र दैनिक आवतजावत गर्ने यात्रुहरूलाई ठुलो सहजता मिल्ने विश्वास लिइएको छ।
​प्रशासनका तर्फबाट उद्घाटनको आधिकारिक मिति घोषणा हुन बाँकी रहे तापनि साउन ११ गते मुख्यमन्त्रीको उपस्थितिमा यसको औपचारिक उद्घाटन गर्ने तयारी तीव्र पारिएको छ।

About Author

Advertisement