​’मतभेद बिर्सेर भाजपा विरुद्ध एकजुट बनौँ’

FB_IMG_1784654296553

बङ्गालमा राजनीतिक हलचलका बिच ममता बनर्जीको आह्वान

कोलकाता: पश्चिम बंगालमा तीव्र राजनीतिक र साङ्गठनिक हलचलका बिच सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) की प्रमुख ममता बनर्जीले भारतीय जनता पार्टी (भाजपा) विरुद्ध लड्न विपक्षी दलहरूलाई आफ्ना मतभेद बिर्सेर एकजुट हुन आह्वान गरेकी छन्।
मङ्गलबार कोलकाताको बिडला तारामण्डल नजिक आयोजित वार्षिक २१ जुलाई शहीद दिवस र्‍यालीलाई सम्बोधन गर्दै मुख्यमन्त्री बनर्जीले पार्टी छाडेर जाने बागी नेताहरूलाई गद्दारको संज्ञा दिँदै उनीहरूका लागि टीएमसी को ढोका सधैँका लागि बन्द भएको स्पष्ट पारिन्।
​सम्बोधनका क्रममा ममताले आफूमा कुनै अहंकार नरहेको र बङ्गालमा बीजेपीलाई पराजित गर्न सबै जना इन्डी गठबन्धनको झन्डामुनि एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले चुनावपछि पार्टी छोडेका नेताहरूलाई चुनौती दिँदै बीजेपीको समर्थन गर्न चाहनेहरू सिधै उता गए हुन्छ भन्दै आक्रोश व्यक्त गरिन्। जति धेरै मानिसले पार्टी छाड्छन्, आफूलाई त्यति नै खुसी लाग्ने र हाम्रा युवा तथा विद्यार्थी कार्यकर्ताहरू ती खाली ठाउँ भर्न पूर्ण रूपमा तयार रहेको दाबीसमेत उनले गरिन्।
​सन् १९९८ मा स्थापना भएदेखि तृणमूल कांग्रेसले अहिले इतिहासकै सबैभन्दा ठुलो साङ्गठनिक सङ्कटको सामना गरिरहेको छ।
ऋतब्रत बनर्जीको नेतृत्वमा धेरै वरिष्ठ नेता तथा सांसदहरू बागी कित्तामा उभिएका छन् र उनीहरूले समानान्तर र्‍यालीसमेत आयोजना गरेका छन्। यसै बिच ममताले छिट्टै पश्चिम बङ्गालका सबै जिल्लाहरूको भ्रमण गरी जनसम्पर्क अभियान तीव्र बनाउने घोषणा गरेकी छन्।

About Author

Advertisement