सिलगढी पुलिसद्वारा ३७५ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

db46f580-fcc8-42ec-8eb4-a87c30b463c0

सिलगढी: ​विशेष सुराकीका आधारमा सिलिगुडी पुलिस कमिश्नरेट मातहतको एनजेपी पुलिस चौकीको टोलीले २१.११.२०२६ राति एएच–०२ स्थित तीनबत्ती मोड बस स्ट्यान्डमा छापा मारी तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मालदाका बासिन्दा २३ वर्षीय जियाउल हक र २८ वर्षीय रायहान मोमिन तथा सिक्किमका बासिन्दा ३४ वर्षीय वाशिप खान रहेका छन्। खानतलासीका क्रममा उनीहरूको साथबाट ३७५ ग्राम शङ्कास्पद ब्राउन सुगर फेला पारी बरामद गरिएको छ।
​यस विषयमा एनजेपी पुलिस चौकीमा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। खानतलासी, बरामदगी र पक्राउ सम्बन्धी सम्पूर्ण प्रक्रिया एनडीपीएस ऐनका प्रावधानबमोजिम कडाइका साथ पूरा गरिएको जनाइएको छ।
​घटनाबारे थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement