गान्तोकमा लोसुङ नामसुङ फुटबल प्रतियोगिता २०२६ सुरु​

49f5eb13-b5e9-470b-8c72-ea9781970560

गान्तोक: “जोसका साथ खेलौँ, सम्मानका साथ जितौँ” भन्ने मूल नाराका साथ लोसुङ नामसुङ फुटबल प्रतियोगिता २०२६ आज (२२ नोभेम्बर) गान्तोकस्थित नरबहादुर भण्डारी राजकीय महाविद्यालयको खेलमैदानमा भव्य रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्री तथा स्थानीय विधायक जीटी ढुङ्गेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।​विभिन्न निर्वाचन क्षेत्र तथा नरबहादुर भण्डारी राजकीय महाविद्यालयको प्रतिनिधित्व गर्ने ११ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगितामा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा अपर तादोङले तुमिन लिङ्गीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।​समारोहलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले सामुदायिक एकता, सांस्कृतिक संरक्षण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा खेलकुदको महत्त्वमाथि प्रकाश पारेका थिए। यसैगरी आयोजकद्वय विमल ठटाल र एसपी भुटियाले युवा सहभागिता बढाउन, खेलभावना विकास गर्न तथा युवापुस्तालाई लागूऔषध दुर्व्यसन र अन्य नकारात्मक प्रभावबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

About Author

Advertisement