भारतको पहिलो ईनिंग्समा ७२० रन, न्यूजील्याण्डमाथि हारको संकट

IMG-20261122-WA0074

वेलिंगटन: भारतले वेलिंगटनमा जारी पहिलो टेस्ट म्याचको चौथो दिन पनि आफ्नो वर्चस्व कायम राख्यो। म्याचको चौथो दिन आइतवार भारतले रिषभ पन्तको विध्वंशी शतक र ध्रुव जुरेलको अर्द्धशतकको सहायताले ९ विकेटमा ७२० रन बनाएर पहिला ईनिंग्स घोषित गऱ्यो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा ३५२ रनको विशाल बढ़त हासिल भयो। त्यसपछि न्यूजील्याण्डको दोस्रो ईनिंग्समा शुरुवात असल नरहे पनि आयोजक टोलीले डेवन कन्वेको लड़ाकू अर्द्धशतकको साथ लड़ाइँ जारी राख्दै चौथो दिनको खेल समाप्त हुँदासम्म २ विकेटमा ११९ रन बनायो। कन्वे ५९ रन अनि रचिन रवीन्द्र २७ रनमा अविजित रहेका छन्। यी दुईजनाले तेस्रो विकेटको निम्ति ५९ रनको साझेदारी गरिसकेका छन्। कन्वेले १३७ बल खेलेर ६ वटा चौका लगाएका छन्। यसरी न्यूजील्याण्डलाई ईनिंग्सको हारबाट बाँच्न अहिले पनि २३३ रनको आवश्यकता छ अनि उनीहरू समय टेस्ट म्याच बचाउने कठिन चुनौती रहेको छ। न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा पनि कप्तान टम लाथमलाई पहिलो ओभरमै गुमायो। उनलाई जसप्रीत बुमराहले दोस्रो ईनिंग्समा पनि खाता खोल्न दिएनन्। त्यसपछि कन्वेले हेनरी निकोल्ससँग मिलेर स्कोर ६० रनसम्म पुऱ्याए। निकोल्स ३१ रन बनाएर प्रसिद्ध कृष्णको शिकार बने। भारतले आफ्नो पहिलो ईनिंग्समा बनाएको ७२० रन न्यूजील्याण्डमा खेलिएको टेस्ट म्याचहरूमा कुनै पनि टोलीले बनाएको सर्वाधिक स्कोर हो। यसअघि न्यूजील्याण्डले २०१९-मा बंग्लादेशविरुद्ध ६ विकेटमा ७१५ रन बनाएको थियो। यसरी विदेशी टोलीहरूमा वेष्ट इण्डिजले १९९५-मा ५ विकेटमा ६६० रन बनाएको थियो। यसअघि भारतले तेस्रो दिनको स्कोर ४ विकेटमा ४८६ रनदेखि अघि खेल्दै आइतवार असल शुरुवात गऱ्यो। शनिवार ५५ रनमा अविजित रहने पन्तले आज छक्का लगाएर आफ्नो शतक पूरा गरे। उनले नाइट वचम्यान अंशुल कम्बोजसँग मिलेर पाँचौं विकेटको निम्ति ६८ रन जोड़े। कम्बोजले ३८ रन बनाए। पन्तले १५३ बलमा १२८ रन बनाए। उनले १० वटा चौका र ६ वटा छक्का लगाए। कम्बोज र पन्त आउट भएपछि ध्रुल जुरेलले उत्कृष्ट ब्याटिंग गर्दै भारतलाई विशाल स्कोरसम्म पुऱ्याए। जुरेलले ७९ बलमा ७८ रन बनाए। उनले आफ्नो अर्द्धशतकीय ईनिंग्समा ७ वटा चौका र एउटा छक्का लगाए। वाशिंगटन सुन्दरले २४ र आकाश दीपले १३ रनको योगदान दिए जबकि बुमराह ७ रनमा अविजित रहे। न्यूजील्याण्डका बलरहरूमा ग्लेन फिलिप्सले ३ र रचिन रवीन्द्रले २ विकेट लिए। भारत समक्ष अब सोमवार म्याचको अन्तिम दिन न्यूजील्याण्डको दोस्रो ईनिंग्समा रहल ८ विकेट हासिल गर्ने चुनौती रहनेछ।

About Author

Advertisement