सिलगढी: पुलिसको हेल्पलाइनबाट पर्यटकले पाए ९९७ रुपैयाँ फिर्ता

photocollage_2026721235353524

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको २४ सै घण्टा सञ्चालनमा रहने पर्यटक हेल्पलाइन सेवाले होटेल बुकिङको समस्यामा परेका कोलकाताका एक पर्यटकलाई उनको रकम फिर्ता गराउन सफलता मिलेको छ। पुलिसको त्वरित हस्तक्षेपपछि ती पर्यटकले ९९७ रुपैयाँ फिर्ता पाएका छन्।
​प्राप्त जानकारीअनुसार कोलकाता निवासी प्रितम जोरादारले सिलगढी आउनुअघि अनलाइनमार्फत एउटा होटेल बुकिङ गरी अग्रिम भुक्तानी गरेका थिए। तर सिलगढी पुगेपछि उनले होटेलमा कोठा पाउन सकेनन्। रकम फिर्ता माग्दा होटेल व्यवस्थापनले अस्वीकार गरेपछि उनले पुलिसको २५ घण्टे हेल्पलाइनमा उजुरी दर्ता गराएका थिए।
​उजुरी प्राप्त हुनासाथ पानीट्याङ्की ट्राफिक गार्डका ओसी स्वपन रोयको नेतृत्वमा पुलिस टोलीले तुरुन्तै अनुसन्धान अघि बढाएको थियो। पुलिसले होटेल सञ्चालकसँग सम्पर्क गरी संवाद अघि बढाएपछि मात्र २ घण्टाभित्रै प्रितमको पूरा रकम ९९७ रुपैयाँ फिर्ता गराइएको हो। पुलिस कमिश्नर सैयद वकार रजाको नेतृत्वमा सुरु गरिएको यो हेल्पलाइन सेवाले उत्तर बङ्गाल भ्रमणमा आउने पर्यटकहरूका लागि ठुलो भरोसा प्रदान गर्न थालेको छ।

About Author

Advertisement