सिलगढीमा दलको बैठकमा विकासको रूपरेखा माथि छलफल, जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता: राजु विष्ट‎‎

FB_IMG_1777993347987

सिलगढी: सिलगढी संगठनात्मक जिल्लाको दलको बैठकमा सहभागी हुँदै सांसद राजु विष्ट ले जनताको ठूलो समर्थनपछि दलको जिम्मेवारी बढेको र विकासका नयाँ अवसरहरू खुलेको बताएका छन्।‎उक्त बैठकमा सिलीगढी जिल्ला अध्यक्ष अरुण मण्डल, विधायक डॉ. शंकर घोष, आनन्दमय बर्मन, दुर्गा मुर्मू लगायत जिल्ला स्तरका अन्य पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बैठकमा आगामी दिनका कार्ययोजना र जिम्मेवारीबारे विस्तृत छलफल गरिएको थियो।‎सांसद राजु विष्ट ले जनताको आशा र अपेक्षाहरू पूरा गर्नु नै अब दलको मुख्य लक्ष्य भएको बताएका छन्। साथै नरेन्द्र मोदी को नेतृत्वमा सिलीगढी, तराई, डुआर्स तथा पहाडी क्षेत्रमा सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरेका छन्।‎उनले विकासको लाभ दुर्गम गाउँसम्मका प्रत्येक व्यक्तिसम्म पुर्‍याउनु दलको कर्तव्य भएकोमा जोड दिए। सोही उद्देश्यलाई ध्यानमा राख्दै नयाँ उत्साह र ऊर्जासहित कार्यकर्ताहरूले सरकार र जनताबीच सेतुको रूपमा काम गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

About Author

Advertisement