सिलगढी: सिलगढी विधानसभा क्षेत्रबाट ठूलो मतान्तरले पुनः निर्वाचित भएकामा डा. शंकर घोषलाई सांसद राजु बिष्टले हार्दिक बधाई दिएका छन्। उनले ७४,१९२ मतको ठूलो अन्तरले जित हासिल गर्दै फेरि विधायक चुनिनु डा. घोषको लोकप्रियता र जनसमर्थनको प्रमाण भएको बताएका छन्। दुई पटकका विधायकका रूपमा डा. शंकर घोषले सहरको विकास तथा जनकल्याणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनको व्यापक प्रशंसा हुने गरेको राजु बिष्टले उल्लेख गरे। उनले स्थानीय व्यक्तिका रूपमा शंकर घोषले सिलगढीका आवश्यकता, समस्या र सम्भावनालाई राम्रोसँग बुझेका छन् भने।

सांसदका अनुसार जनतासँगको उनको घनिष्ठ सम्बन्ध र जनसेवाप्रतिको अटल प्रतिबद्धताले उनलाई व्यापक विश्वास र समर्थन दिलाएको छ। राजु बिष्टले शंकर घोषको नेतृत्वमा सिलगढीले आगामी दिनमा विकास र प्रगतिका नयाँ उचाइहरू हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले डा. घोषको सुस्वास्थ्य र आगामी सफलताको कामना गर्दै जनसेवाप्रतिको उनको समर्पण र उत्साह भविष्यमा पनि यथावत रहने विश्वास व्यक्त गरेका छन्।










