सिलगढी: आज सिलगढीमा पनि गाँधी जयन्ती पालन गरियो। सिलगढीको मुख्य डाकघर अघि महात्मा गाँधीको सालिगमा फुलमाला चढाएर राष्ट्रपिताको जन्म जयन्ती पालन गरियो। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्गदी भुटिया लगायत अन्य मेयर पार्षद तथा पार्षदहरूले गाँधीजीको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।










