खरसाङमा फूलपाती शोभायात्रा सम्पन्न

photocollage_202210218845296.jpg

खरसाङ: फूलपाती शोभायात्रा समारोह समितिको आयोजनामा खरसाङमा भव्य रूपमा फूलपाती शोभायात्रा सम्पन्न भएको छ। उक्त फूलपाती शोभायात्रा खरसाङको टुरिष्ट लजदेखि विभिन्न झाँकीहरू र माताको डोली, व्यानर, झण्डाहरू र जातीय संस्कृति झल्काउँदै जातीय बाजागाजाको साथमा शुरु गरिएको थियो। उक्त शोभायात्राले खरसाङ शहर परिक्रमा गरेपछि सुपर मार्केटको सार्वजनिक भवनमा पुगेर फूलपाती समारोहमा परिणत भएको थियो। सुपर मार्केटको सार्वजनिक भवनमा प्रतिभा परिवार, बागिना, घुम्ती चियाबगान अनि अन्यान्य संघ-संस्थाका कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आयोजक समितिका सचिव गजेन प्रधानले स्वागत वक्तव्य राखेका थिए अनि धन्यवाद ज्ञापन भागोप्रमो खरसाङ महकुमा समिति सचिव प्रणाम रसाइलीले गरेका थिए।

About Author

Advertisement