५ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा शनिवार भएको एकतर्फी म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले गोरुबथान फूटबल क्लबलाई ७-२-ले पराजित गऱ्यो। ह्याट्रिकसहित ४ गोल गर्ने विजेता टीमका खेलाड़ी क्षितिजलाई प्लेयर अव् द म्याच चयन गरियो । यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गरेको आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।









