गान्तोकः राज्य सरकारको पर्यटन एवम् नागरिक उडड्यन विभाग, भारत सरकारको पर्यटन मन्त्रालय उत्तरपूर्वी क्षेत्रीय कार्यालयको संयुक्त पहलमा उत्तर जिल्लाका टुरिस्ट ट्याक्सी चालकहरूलाई लिएर शिष्टचार एवम् सौन्दर्यमाथि एक दिवसी क्षमता विकास प्रशिक्षण कार्यक्रम आयोजना गरियो।
मंगन जिल्लाको जिल्ला पञ्चायत भवनमा आयोजित यस प्रशिक्षण कार्यक्रममा उपनिर्देशक एवम आरटीओ टेम्पा रिञ्जिङ भोटिया, उपनिर्देशक परमिट सोनम रिञ्छेन भोटिया लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रोतवक्ताहरूले तालिममा सम्बन्धित विभागका विभिन्न पर्यटन क्षेत्रका स्कोपहरूका विषयमा जानकारीमूलक सत्रहरू सञ्चालन गर्न आमन्त्रित गरिएको थियो, जसमा दुर्घटनाको समयमा भाँचिएको, जलेको, उचाँइमा बिरामी हुने जस्ता विभिन्न अवस्थामा तत्काल प्राथमिक उपचारको लागि प्राथमिक उपचारबारे प्रकाश पारे।
प्राथमिक उपचारको निम्ति बक्सा जस्ता आधारभूत आवश्यक सामग्री र प्राथमिक उपचारका लागि पारम्पारिक अभ्यासहरूबाट बचाउन सकिने पनि जानकारी गराए। पर्यटक सारथीहरूका लागि शिष्टाचार र सौन्दर्यमा क्षमताबारे संक्षिप्तरूपमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा प्रस्तुत गरियो।
सिक्किमका विभिन्न पर्यटकहरूको निम्ति विभिन्न गन्तव्यस्थलहरूको रहेको छ, साहसिक पर्यटनको सीमा, मोटर वाहनका नियम र सारथीहरूका लागि आचारसंहिता र प्रतिबन्धित क्षेत्र अनुमति र संरक्षित क्षेत्रको महत्त्वबारे पनि थप जानकारी गराइयो।









