सोनादा: जीटीएको सोनादा-पचेङ समष्टि अन्तर्गत राजाहट्टा बस्तीमा पनि घरजल योजनाको काम आरम्भ गर्नलाई विधिवत भूमि पूजा गरियो। अप्पर सोनादा ग्राम पञ्चायतको वार्ड नम्बर (१) बाट नवनिर्वाचित ग्राम पञ्चायत सदस्य गौरी थापाको बाहुलीद्वारा भूमि पूजा गरिएको भागोप्रमो राजाहट्टा शाखाका प्रतिनिधि अरुण छेत्रीले जानकारी दिएका छन्।

राजाहट्टामा उक्त योजनाको काम आजदेखि नै आरम्भ गरिएको अनि काम गुणस्तरको गर्ने सोच बनाएको उनले बताए।









