गान्तोकः आगामी १० अगस्तको दिन रम्फूमा आयोजना हुने छैठौं जन-उन्मुक्ति दिवस पालनलाई लिएर व्यापक प्रसार प्रचार गर्ने क्रममा राष्ट्रिय राजमार्ग १० (रम्फू) मा एसकेएम पार्टीको झण्डा फहराउने कार्य भइरहेको छ। यस बिच सिक्किम विधानसभा अध्यक्ष तथा एसकेएम पार्टी सेक्रेटरी जेनरल अरूण उप्रेतीले आज सिङताम खाम्दोङका युवाहरूसित भेट गरे।
यस अवसरमा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, गान्तोक जिल्ला युवा संयोजक विशाल क्षेत्री, गान्तोक र पाकिम जिल्ला युवा उपाध्यक्ष सीके ढकाल, खामदोङ सिङताम निर्वाचन क्षेत्रका सीएलसी युवा संयोजक विधान शंकर, प्रकाश प्रधान लगायत अन्य एसकेएम पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यसैगरी, याङगाङ राङगाङ निर्वाचन क्षेत्रका युवाहरू पनि व्यापक प्रचार प्रसार अभियानमा लागिपरेका छन्। सीएलसी अध्यक्ष टेङ्गायला नाम्खाको अध्यक्षतामा जन उन्मुक्ति कार्यक्रमलाई लिएर एक बैठक सम्पन्न भएको थियो। यसपछि याङगाङ राङगाङ निर्वाचन क्षेत्रको याङगाङ बजार र यस वरिपरिका क्षेत्रमा व्यापक रूपमा एसकेएम पार्टीको झण्डा तथा ब्यानर लगाउने कार्य सम्पन्न गरिएको छ।









