गान्तोक: सिक्किम विश्वविद्यालयको बुधबार सम्पन्न सातौं दीक्षान्त समारोहमा रंगपो निवासी साधना शर्मा रजत पदक (सिल्वर मेडल) बाट सम्मानित भएकी छन्।माझिटारस्थित हिमालयन फार्मेसी कलेजबाट फर्मास्युटिकल एनालिसिस विषयमा स्नातकोत्तर (एम.फार्म) तहमा उत्कृष्ट प्रदर्शन गरेकी सन् २०२३ ब्याचकी छात्रा साधनालाई उक्त पदक प्रदान गरिएको हो।तिलाचन्द भण्डारी र गीता शर्माकी सुपुत्री साधनाले यसअघि सोही कलेजबाट स्नातक (बी.फार्म) तहको अध्ययन पूरा गरेकी थिइन्। उनी हाल सिक्किम प्रोफेसनल विश्वविद्यालयमा कार्यरत छिन्।











