खरसाङ: चुनाउ आउँदा गोर्खाल्याण्डको आवाज उठ्छ र दिनेले पनि देला जस्तो गर्छ तर चुनाउ सक्नसाथ गोर्खाल्याण्डको मुुद्दा नै हराएर जान्छ भनी ईण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रण्ट (आईडीआरएफ) पार्टीको महासचिव डोनाल्ड गहतराजले बताएका छन्। उनले एउटा भिडियो जारी गर्दै पश्चिम बंगालमा विधानसभा चुनाउ सकेपछि अहिले दार्जिलिङ पहाडमा क्षेत्रीय पार्टीहरु र गोर्खाहरुको माग छुट्टै राज्य गोर्खाल्याण्डको चर्चा परिचर्चा चलिरहेको बताएका छन्। उनले आफ्नो भिडियोमा भनेका छन्, चुनाउ अघि सबैले गोर्खाल्याण्ड भन्छ। दिनेले पनि दिईहाल्छ जस्तै गर्छ। गोर्खाल्याण्डको नाममा आशा देखाउँछ। तर चुनाउ सक्नसाथ सबै चुप लागेर बस्छन् र गोर्खाल्याण्डको मुद्दा नै हराएर जान्छ। तर गोर्खाहरुको माग भनेको नै छुट्टै राज्य गोर्खाल्याण्ड हो। गोर्खाल्याण्ड भनेर नै सबैले भोट दिएको हो। तर चुनाउ सक्नसाथ त्यो कुरा नै हराएर जान्छ। गोर्खाहरुले कुनै व्यवस्थाको लागि भोट दिएको होइन तर केवल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति भोट दिएको हो। तर पहाडमा नेताहरुले गोर्खाल्याण्डको मुद्दालाई मागि खाने भाँडो बनाएको छ। यसलाई बेची खाएको छ।’ डोनाल्ड गहतराजले आरोप लगाउँदै भने, पहाडका नेताहरु केवल आफ्नै उन्नतिको लागि काम गर्छन्। तर दार्जिलिङ पहाड, तराई डुवर्स क्षेत्रलाई एकसाथ जोडेर काम गर्नमा ध्यान नै दिन्दैनन्।’ उनले पहिला पनि दागोपाप, जीटीए जस्तो व्यवस्थामा सम्झौता भएको थियो र यसपाली पनि अर्को नयाँ व्यवस्था थाप्न लागेको आरोप लगाएका छन्। उनले अब जनताले छोड्ने छैन धोका दिनेहरुलाई कारण जनताले गोर्खाल्याण्डको लागि भोट दिएको हो तर कुनै व्यवस्थाको लागि होइन।’ उनले अब जनतालाई यस विषयमा बुझाउन अघि आउने बताएका छन्। उनले अहिलेसम्म जनतालाई धोका दिएर गोर्खाल्याण्डको बदलीमा कुनै व्यवस्थामा सम्झौता गरेको मात्रै छ। अब कहिलेसम्म जनतालाई धोका दिएर कुनै व्यवस्थामा मात्र बस्ने हो। अब जनताले सहने छैनन्। अब जनताले बोल्नेछ।’
उनले आरोप लगाउँदै भने, दार्जिलिङ पहाडका जनताले गोर्खाल्याण्डको मुद्दालाई लथालिङ्गै बनाएको छ। तर अब जनता सचेत हुनुपर्छ। जनता सतर्क रहेर यस विषयमा सोच्नुपर्छ।यसपाली गोर्खाल्याण्डको मुद्दालाई लथालिङ्गै बनाएर बेच्न दिने छैनौं। हामी गोर्खाल्याण्डको मुद्दा बेच्न दिने छैनौं। दलाल नेताहरु होशियार। गोर्खाल्याण्ड बुझाउन विभिन्न स्थानहरुमा पुगेर बुझाउने काम गरिनेछ।










