गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सिक्किमको ५१औँ राज्य दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशप्रति सम्पूर्ण सिक्किमवासीको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले प्रधानमन्त्रीले आफ्नो सन्देशमार्फत सिक्किमको प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत, दिगो विकासप्रतिको प्रतिबद्धता तथा सद्भावनाको भावनाको प्रशंसा गरेको उल्लेख गर्दै उक्त शब्दहरू प्रत्येक सिक्किमेलीका लागि अत्यन्त सम्मान र गर्वको विषय बनेको बताएका छन्।
उनले प्रधानमन्त्रीको मार्गदर्शन, स्नेह तथा सिक्किमप्रतिको निरन्तर सहयोगले राज्यलाई शान्ति, प्रगति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिइरहेको उल्लेख गरे।
मुख्यमन्त्रीले प्रधानमन्त्रीका शुभकामना, आशीर्वाद तथा राज्यको विकास र जनकल्याणप्रतिको निरन्तर प्रतिबद्धता सधैँ सिक्किमवासीको हृदयमा रहने विश्वास व्यक्त गर्दै पुनः धन्यवाद ज्ञापन गरेका छन्।











