युवा शक्तिद्वारा बिमल गुरुङको वक्तव्यको घोर विरोध
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा सङ्गठन युवा शक्तिले आज खरसाङको टाउन कम्युनिटी हलमा एक सांगठनिक सभाको आयोजना गरेको थियो। खरसाङ महकुमा समिति युवा शक्ति अध्यक्ष पेमेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न सभालाई पार्टी अध्यक्ष अनित थापाले सम्बोधन गर्दै पहाडलाई बिमल गुरुङले धेरै पटक धोका दिएको उल्लेख गर्दै तर भागोप्रमोले तिनले जस्तो राजनैतिक संस्कार नदिएको जनाए। थापाले जनतालाई नआत्तिने आग्रह गर्दै अनित थापाले कसैलाई पनि धोका नदिने स्पष्ट पारे। सभापछि पत्रकारहरूसँग कुरा गर्दै युवा शक्ति अध्यक्ष पेमेन्द्र गुरूङले बिमल गुरूङद्वारा जारी वक्तव्यको घोर निन्दा गरे। तिनले बिमल गुरुङको उक्त बयानले तिनले चरित्र कस्तो छ भन्ने स्पष्ट भएको बताए।









