खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा विभिन्न स्थानहरुमा पार्टीको सांगठनिक सभाहरु र सांगठनिक गतिविधि तीब्र पारेर लगेको छ। विधानसभा चुनावपछि गोजमुमोले आफ्नो पार्टी विस्तार साथै सांगठनिक सभाहरु आयोजना गर्दै आईरहेका छन्। यसै क्रममा टुंग सन्तमेरिज समष्टि अन्तर्गत बेलटार शाखामा गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त गोजमुमो अध्यक्ष बिमल गुरुङ्गको हात दह्रिलो बनाउनुको निम्ति ३५ घर गोर्खा जनमुक्ति मोर्चा परिवारमा समावेश भएका छन् भने उक्त कार्यक्रममा समष्टि अध्यक्ष राजेश गजमेर, छेपाल शेर्पा,सुरेस छेत्री, युवा मोर्चा महाकुमा सचिव अरुणबथापा, समष्टी युवा अध्यक्ष पुजन छेत्री, युवा मोर्चा कन्भेनर अखिल राय, केन्द्रीय कमिटी निमा तामाङबअनि युवा मोर्चा सुमन छेत्री, उमेश तामाङ्ग उपस्थित रहेका थिए।











