​सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको दुई वर्षे कार्यकाल पूरा

FB_IMG_1785486581002

मुख्यमन्त्रीद्वारा बधाई तथा शुभकामना व्यक्त

गान्ताेक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आफ्नो सफल कार्यकालको दुई वर्ष पूरा गरेका छन्। सो अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल माथुरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
​मुख्यमन्त्रीले सिक्किमवासी जनता र आफ्नो तर्फबाट शुभकामना सन्देश जारी गर्दै राज्यपालको कार्यकालले राज्यको प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।
​सामाजिक सञ्जालमार्फत बधाई दिँदै मुख्यमन्त्री गोलेले भनेका छन्, “संवैधानिक मूल्य-मान्यताप्रतिको उहाँको दृढ प्रतिबद्धता, सम्मानित नेतृत्व र दूरदर्शी राजनीतिक सुझबुझले हाम्रो राज्यको प्रगति र जनकल्याणमा उल्लेख्य योगदान पुर्‍याएको छ।”
​राज्यपाल माथुरको मार्गदर्शनमा काम गर्न पाउनु राज्य सरकारका लागि गौरवको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्रीले एक शान्त, समृद्ध र प्रगतिशील सिक्किम निर्माणका लागि आगामी दिनमा पनि उहाँको निरन्तर सहयोग र आशीर्वाद प्राप्त भइरहने विश्वास व्यक्त गरेका छन्।
​साथै, मुख्यमन्त्रीले राज्यपाल ओमप्रकाश माथुरको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा उदाहरणीय जनसेवा र सफलताको कामनासमेत गरेका छन्।

About Author

Advertisement