सडक सुरक्षाका लागि रात्रीकालीन ‘नाका चेकिङ’ तीव्र​

bc11477c-8d8e-4e43-9ce4-31cf0f7e5205

सिलगढी: सिलगढी सहरमा सडक दुर्घटना न्यूनीकरण तथा सवारी नियमको पालना गराउन सिलगढी ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। पुलिसले सहरका विभिन्न रणनीतिक तथा संवेदनशील स्थानहरूमा निरन्तर ‘नाका चेकिङ’ (विशेष जाँच अभियान) सञ्चालन गरिरहेको छ।
​सिलिगुडी पुलिस कमिश्नरेटले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै सुरक्षित सडक सुनिश्चित गर्न पुलिस प्रतिबद्ध रहेको जनाएको छ। सवारी नियमको उल्लङ्घन रोक्न, सडक सुरक्षा बढाउन र कानुनी पालना गराउनका लागि सहरका प्रमुख क्षेत्रहरू जस्तै सेभोक रोड, आश्रम पारा, पानीट्याङ्की मोर (क्लक टावर) लगायतका स्थानहरूमा नियमित जाँच भइरहेको छ।
​पुलिसका अनुसार यस्ता पूर्व-सक्रिय (प्रो-एक्टिभ) जाँचहरूले सर्वसाधारणको सुरक्षा कायम राख्न र चालकहरूमा अनुशासित सवारी हाँक्ने बानीको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
​सबैको सहयोगमा सुरक्षित र जिम्मेवार सडक संस्कृतिको निर्माण गर्न सकिने भन्दै सिलगढी ट्राफिक पुलिसले चालक तथा सर्वसाधारणलाई सवारी नियमको पूर्ण पालना गर्न अपिल समेत गरेको छ।

About Author

Advertisement