सिलगढी: दार्जिलिङका सांसद राजु बिष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र फाँसीदेवाका विधायक दुर्गा मुर्मुसँगै फाँसीदेवाको लिचुपाखरीस्थित ऐतिहासिक पहाडी माता मन्दिरको दर्शन गरी पूजा-अर्चना गरेका छन्।
मां दुर्गालाई समर्पित यो प्रसिद्ध मन्दिर फाँसीदेवा र आसपासका क्षेत्रका बासिन्दाहरूका लागि गहिरो आस्थाको केन्द्र मानिन्छ।
मन्दिर दर्शनपछि सांसद राजु बिष्टले सामाजिक सञ्जालमार्फत सिक्किम, दार्जिलिङ पहाड, तराई र डुवर्सबिचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। यी क्षेत्रहरू साझा हिमाली जीवनशैली, परम्परा र सांस्कृतिक जराबाट जोडिएकाले सिक्किम र दार्जिलिङका जनताबिचको भाइचारा, सद्भाव र सहकार्य आगामी दिनमा अझ मजबुत बन्दै जाने उनले बताए।








