कालचिनी: एउटा गोप्य सूचनाको आधारमा आज पाना मोबाइल रेञ्ज २ का डब्ल्यूएलएमएसक्यूका बनकर्मीहरुले डिमा र लोथाबारी बस्ती संलग्न पाइपलाइन क्षेत्रबाट २८ पीस सालको चिरेको ब्लकसाइजको बटम काठसितै दुईवटा साइकल उद्धार गर्न सफल भएको जनाएका छन।
उक्त काठहरु साइकलमा लादेर कतै तस्करी गर्न लगिरहेको बेला पाना मोबाइल रेञ्जका बनकर्मीहरुले उक्त काठहरु उद्धार गर्न सफल भएको मोबाइल रेञ्ज सुत्रले जनाएका छन।
यद्यपि यससित कसैलाई समाउन नसकिएको र मौका छोपेर काठ तस्करहरु भाग्न सफल भएको बताईएको छ। टाप कसेको काठ तस्करहरुको खोजी चलिरहेको र यो अभियान निरन्तर जारी रहने पाना मोबाइल रेञ्जका अधिकारी श्यामल मण्डलले जनाएका छन।










