‎‎सार्वजनिक यातायात मार्फत सिक्किम प्रिमियर लिगको अन्तिम खेल हेर्न पल्जोर स्टेडियम पुगे मुख्यमन्त्री

FB_IMG_1779135123501

‎‎‎गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले मितव्ययिता तथा जिम्मेवार शासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सोमबार सार्वजनिक यातायात प्रयोग गरेका छन्। ‎मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम प्रिमियर लिगको अन्तिम खेल अवलोकन गर्न राज्य परिवहन निगमको नगर धावक बसमार्फत पल्जोर स्टेडियम पुगेका हुन्।‎ यस अवसरमा उनले सर्वसाधारणलाई दैनिक जीवनमा सार्वजनिक यातायातको अधिक प्रयोग गर्न तथा जिम्मेवार आचरण अपनाउन आग्रह गरे। उनका अनुसार यस्ता साना तर अर्थपूर्ण प्रयासहरूले प्रशासनिक कार्यक्षमता सुदृढ बनाउन र स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन्।‎मुख्यमन्त्रीले सामूहिक जिम्मेवारी र अनुशासित जीवनशैलीमार्फत राज्यलाई अझ व्यवस्थित र सक्षम बनाउने दिशामा सबै नागरिकले साथ दिनुपर्ने आवश्यकता पनि औँल्याए।

About Author

Advertisement