कालेबुङ: सांसद राजु विष्टले आज कालेबुङ क्षेत्रका गोर्खाल्याण्ड आन्दोलनका विभिन्न चरणहरूमा शहीद भएका गोर्खा वीरहरुका २९ परिवारलाई सम्मान जनाएको जानकारी गराएका छन्।कालेबुङमा आयोजित बिजय उत्सव ऱ्यालीमा सहभागी हुन कालेबुङ पुगेका सांसद राजु विष्टले आज गोर्खाल्याण्ड आन्दोलनको समयमा शहीद भएका शहीदका परिवारहरुसित भेटघाट गरेर सम्मान जनाएका छन्। यस अवसरमा सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, उनीहरूले हाम्रो आकांक्षा पूर्तिको लागी सबैभन्दा ठूलो बलिदान दिएका छन्।

आज उनीहरूको निःस्वार्थ त्यागप्रति कृतज्ञता व्यक्त गर्दै मैले हाम्रो विजय उनीहरूलाई समर्पित गरेँ। आउने दिनहरूमा हामी उनीहरू र हाम्रो क्षेत्रका लागि न्याय अवश्य सुनिश्चित गर्नेछौं।’










