ब्लक-स्तरीय अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

n7127449871779124521204cd2d319dfeb590602c6e76f85994f988f893aa7d83e4f74362502f483178aa82

आदिवासी कल्याणका लागि विशेष अभियान

मङ्गन: राष्ट्रव्यापी आईईसी अभियान ‘जन भागिदारी सबसे दूर, सबसे पहले’ को आगामी सुरुआतलाई लिएर सोमबार एसडीएम मङ्गनको कार्यालयमा ब्लक-स्तरीय अधिकारी (बीएलओ) हरूका लागि एक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। १८ मईदेखि २५ मई, २०२६ सम्म सञ्चालन हुने यस अभियानको व्यवस्थित योजना र समन्वयात्मक कार्यान्वयनमा बैठक केन्द्रित रहेको थियो। अभियानको मुख्य उद्देश्य जनजाति समुदाय र विशेष गरी कमजोर जनजाति समूहहरूबीच सरकारी सेवाहरूको पहुँचलाई सुदृढ पार्दै विभिन्न कल्याणकारी लाभहरूको पूर्ण सुनिश्चितता (संतृप्ति) गर्नु रहेको छ। यो विशेष अभियान भारत सरकारका दुई प्रमुख पहलहरू ‘प्रधानमन्त्री जनजाति आदिवासी न्याय महा अभियान’ (पीएम-जनमन) र ‘धरती आबा जनजातिय ग्राम उत्कर्ष अभियान’ को अनुगमनका रूपमा लागू गरिएको हो, जसले अभिसरणमा आधारित विकास र आदिवासी समुदायमा प्रभावकारी सेवा वितरणमा जोड दिन्छ।
​अभिमुखीकरणका क्रममा उपस्थित अधिकारीहरूलाई गाउँ-गाउँमा लाभार्थी संतृप्ति शिविरहरू सञ्चालन गर्ने, क्षेत्र पहुँच, प्रत्यक्ष सेवा वितरण, स्वास्थ्य हस्तक्षेप, जीविकोपार्जन प्रवर्द्धन तथा व्यापक जनचेतना अभिवृद्धिमा केन्द्रित हुन निर्देशन दिइएको थियो। अभियान अवधिभर केन्द्र र राज्य सरकारका विभिन्न विकासमूलक योजनाहरूको लाभ योग्य आदिवासी लाभार्थीहरू समक्ष पुर्‍याउने कुरामा विशेष जोड दिइएको छ। ग्राम पञ्चायत, गैरसरकारी संस्था, स्वयंसेवा समूह र अन्य सरोकारवालाहरू सम्मिलित गाउँ-स्तरीय पहुँच मार्फत समुदायहरूमा सचेतता बढाउनु, सक्रिय जनसहभागिता सुनिश्चित गर्नु र लक्षित वर्गसम्म हकअधिकारको पहुँचमा सुधार ल्याउनु नै यस अभियानको मूल ध्येय रहेको बताइएको छ।

About Author

Advertisement