कराची: सरफराज अहमदलाई पाकिस्तान टेस्ट टीमको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बंग्लादेशविरुद्ध आउँदो टेस्ट सीरीज अघि ठूलो फसेला लिँदै सरफराजको नियुक्तिको घोषणा गऱ्यो। सरफराजको साथमा असद शफीकलाई ब्याटिंग प्रशिक्षक अनि उमर गुललाई बलिंग प्रशिक्षक बनाइएको छ। पीसीबी-ले बंग्लादेशविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजको निम्ति १६ सदस्यीय टीमको पनि घोषणा गऱ्यो, जसको कप्तानी शान मसूदले गर्नेछन्। यो सीरीज वर्ल्ड टेस्ट च्याम्पियनशीपको जारी चक्रको हिस्सा हुनेछ, जसमा पाकिस्तान अहिले पाँचौं स्थानमा रहेको छ। यसैकारण टीम असल प्रदर्शनको साथ स्थितिमा सुधार गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। टीममा बाबर आजम, शाहीन शाह अफरीदी र मोहम्मद रिजवान जसस्ता अनुभवी खेलाड़ीहरूलाई सामेल गरिएको छ। यसपाली चयनकर्ताहरूले युवा खेलाड़ीहरूमाथि पनि भरोसा देखाएका छन्। अब्दुल्ला फजल, अमाद बट, अजान अवैस र गाजी घोरीलाई पहिलोपल्ट टेस्ट टोलीमा सामेल गरिएको छ। यी खेलाड़ीहरूले घरेलु क्रिकेटमा असाधारण प्रदर्शनको आधारमा टेस्ट टीममा मौका पाएका छन्। विशेषगरी देब्रे हातका ब्याटर फजल र अवैसले निरन्तर असल प्रदर्शन गरेका छन् जबकि अमाद बट अलराउण्डरको रूपमा टीमको निम्ति उपयोगी साबित हुनेछन्। पाकिस्तान र बंग्लादेशबीच पहिलो टेस्ट म्याच ८-देखि १२ मईसम्म शेर-ए-बंग्ला स्टेडियममा खेलिनेछ। यसरी दोस्रो टेस्ट १६-देखि २० मईसम्म सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिनेछ। सीरीज अघि पाकिस्तानका खेलाड़ीहरूले २७ अप्रेलदेखि १ मईसम्म कराचीमा हुने अभ्यास शिविरमा हिस्सा लिनेछन्।
पाकिस्तानको टेस्ट टीम यसप्रकार रहेको छः
शान मसूद (कप्तान), अब्दुल्ला फजल, अमाद बट, अजान अवैस, बाबर आजम, हसन अली, इमाम-उल-हक, खुर्रम शहजाद, मोहम्मद अब्बास, मोहम्मद रिजवान, गाजी घोरी, नोमान अली, साजिद खान, सलमान अली आगा, सऊद शकील र शाहीन शाह अफरीदी।











