तेस्रो श्रेणी लिगमा पदोन्नतिप्रति शुभकामना
गान्तोक: आज ब्रदरहुड फुटबल क्लबका पदाधिकारीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग, उनकाे आधिकारिक निवासमा शिष्टाचार भेट गरे। क्लबका अध्यक्ष विवेक सुब्बा र महासचिव कर्मा ग्यात्सोठ भुटियाको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्रीलाई आगामी प्रतियोगिताबारे जानकारी गराए।
भेटका क्रममा ब्रदरहुड क्लब तेस्रो श्रेणी लिगमा पदोन्नति भएको जानकारी पाउँदा मुख्यमन्त्रीले खुशी व्यक्त गरे। उक्त प्रतियोगिता आगामी २७ अप्रिल २०२६ देखि मणिपुरमा आयोजना हुने कार्यक्रम रह्यो।
यस अवसरमा माननीय विधायक सोनाम भेन्चुङपाको उपस्थितिमा क्लबको टोली पोशाक पनि सार्वजनिक गरियो। मुख्यमन्त्रीले टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्दै सफलताको कामना गरे।

मुख्यमन्त्रीले खेलकुदको विकास र युवा प्रतिभाको प्रोत्साहनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गरे।










