सभासद सन्दीप क्षेत्रीले विभागीय अभियन्ता एवम् क्षेत्रीय नेतृवहरुसँग गरे समष्टि परिभ्रमण

IMG-20250219-WA0232

दार्जिलिङ: चुङथुङ मरीबोङ तामसाङ समष्टि सभासद सन्दीप क्षेत्रीले आज विभागीय अभियन्ता अनि क्षेत्रीय नेतृत्वहरुसंग आफ्नो समष्टिकाे भ्रमण गरेका छन्। उनले आफ्नो समष्टिकाे तामसाङ, मिम थापा धुरा अनि मिम कालु कमान अप्पर अनि लोअर परिभ्रमण गरे।‌यस क्रममा उनले विभिन्न गाउँका मानिसहरुसँग भेटवार्ता गरे, समष्टिवासीको समस्या सुने। मिम कमानको ९ किलोमिटरको बाटो जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा कामको शुरुवात आउने केही दिनमा गरिने जानकारी गराए भने तामसाङ फाटकदेखि तामसाङ पोखरीसम्मको ३ किलोमिटरको बाटो निर्माण कार्य भईसकेको बताउँदै अझ थुप्रो गाउँको समस्याहरु जीटीए प्रमुख कार्यपाल अनिट थापाज्यू पहलमा समाधान गरिने जनाए।

About Author

Advertisement