न्यू दिल्ली: रेखा गुप्ता विधायक दलको नेतामा निर्वाचित भएकी छिन्। भाजपाको दिल्ली शाखा कार्यालयमा आज भएको बैठकमा पार्टी विधायक दलको सबै नवनिर्वाचित विधायकहरूले रेखा गुप्ताको नाममा सहमति जनाए।
विधायक दलको नेता चयनका लागि पार्टीले रविशंकर प्रसाद र ओमप्रकाश धनखड़लाई केन्द्रीय पर्यवेक्षक बनाएको थिए। प्रवेश वर्माले विधायक दलको उक्त बैठकमा रेखा गुप्ताको नाम प्रस्ताव गरेका थिए।
यस प्रस्तावलाई आशिष सुद र विजेन्द्र गुप्ताले समर्थन जनाए। रेखा गुप्ता शालिमार बागबाट विजयी भएर विधायक बनेकी छन्।
उनले आम आदमी पार्टी उम्मेदवार बन्दना कुमारीलाई २९,५९५ मतले पराजित गरेकटी छिन्। रेखा गुप्ताले ६८ हजार २ सय भोट पाए भने बन्दनाले ३८ हजार ६०५ भोट पाए।
यस बैठकमा भाजपा सांसद बांसुरी स्वराज र मनोज तिवारी पनि उपस्थित थिए।
बैठकपछि, शालिमार बागबाट चुनाव जितने विधायक रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् भनि भाजपा सांसद मनोज तिवारीले मिडियालाई बताए। उनलाई पार्टी व्यवस्थापिका संसदको बैठकले सर्वसम्मतिले नेता चयन गरेको छ।
दिल्लीका मुख्यमन्त्रीको शपथ ग्रहण समारोह २० फेब्रुअरीमा रामलीला मैदानमा हुने भएको छ।
नवनियुक्त मुख्यमन्त्रीले दिउँसो १२ः३० बजे सपथ लिनेछन्। समारोहको तयारी लगभग पूरा भएको छ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रिपरिषद्का सहकर्मीहरू र एनडीए शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू पनि सहभागी हुनेछन्। कार्यक्रममा केही विशेष पाहुनासहित करिब ५० हजार मानिसको उपस्थिति हुने सम्भावना छ।
फेब्रुअरी ५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) लाई पराजित गर्दै भाजपा २७ वर्षपछि सत्तामा फर्किएको छ। भाजपाले ४८ सिट जितेर बहुमतका साथ सत्तामा फर्किएकाे छ।











