सभासद मिलेस राईद्वारा मरमा चियाबारीदेखि मिरिक बजारलाई जोड्ने रोडकको मरमत्ति

IMG-20231231-WA0184.jpg

मिरिक: मरमा चियाबारीदेखि मिरिक बजारलाई जोड्ने मूल सडकको अवस्था जीर्ण भएपछि थर्बु डुप्टिन चौविस नम्बर समष्टिका सभासद मिलेश राईद्वारा जेसेबी लगाएर सडक मरम्मति गरिएको छ। विशेष गरी यहाँको चाप डाँडादेखि डनबस्को गोलाई हनुमान नगरसम्म सडकको वेहाल अवस्थालाई सहज बनाउन उनले सडक मरम्मति गरेको बताएका छन्। सभासद राईले हाल आफ्नो निजी कोषबाट आफू स्वयं बसेर मरम्मति गरिरहेको बताए। उनले सडकको अवस्था जीर्ण भएपछि वाहान चालकवर्ग लगायत यात्रीहरूको असुविधालाई मध्यनजर गर्दै मरम्मति कार्यमा जुटेको बताए। यसका साथै उनले नयाँ वर्षको पहिलो हप्तामा नै उक्त सडकको निर्माण कार्यको लागि शिलान्यास गरिने बताउँदै चाप डाँडादेखि सिरिसेसम्मको पीएमजीएसवाईको सडक पनि मरम्मति गरिने बताए।

यसबाहेक मिरिक बजारदेखि पहिला गाउँ हुँदै मरमा चियाबारीलाई जोडने सडक मरम्मतिको निम्ति पनि आफूले जीटीएका मुख्य कार्यपाल अनित थापासँग कुराकानी गरेको बताउँदै उक्त सडकको मरम्मतिको कार्य पनि चाडो हुने कुरोमा आफू विश्वस्त रहेको बताए।

About Author

Advertisement